Kathmandu Press

नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई

कोषका अध्यक्ष उषा शेरचनले उनहरुलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरे। पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ रहेको छ।
नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई

काठमाडौं, मंसिर १९ : स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३औं स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र संगीतकार गणेश रसिक (राई)लाई सम्मान गरिएको छ।

नारायणगोपाल संगीत कोष र सांस्कृतिक संस्थानद्वारा आज आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले उनहरुलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरे। पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ रहेको छ।

Hardik ivf

दिवंगत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गरिन्। अग्रज स्रष्टा तारादेवीले तीन हजार पाँच सय बढी गीतमा स्वर दिएकी छिन्।

सो अवसरमा सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायणगोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै उनको गीत संगीतबिना सुगम संगीत अपुरो हुने बताए। कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालले गाउनुभएका विभिन्न गीत प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: २०:३२ बजे, मंगलबार, मंसिर १९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्