Kathmandu Press

राखेप सदस्यसचिव घिसिङ र राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

राखेप सदस्यसचिव घिसिङ र राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं, मंसिर १९ : राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चीनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ। 

सदस्य–सचिव घिसिङसंग राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा मंगलबार भेट गरेका हुन्।

Hardik ivf

भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको राखेपले जनाएको छ। 
नेपालको यु–२१ पुरुष टोली फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यवायीक र यसु फुटबल टिमको यु–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको बताइएको छ। महोत्सवका अवसरमा साँस्कृति आदान–प्रदानलगायत विविध कार्यक्रम पनि हुनेछ।

चीनियाँ पक्षले फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन्। साथै टोलीले दशरथ रंगशालाको पनि अवलोकन गरेको छ।
सदस्य–सचिवले टोलीको प्रस्तावमा आफू सकारात्मक रहेको बताउदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम चीनियाँ राजदूतावासको आयोजनामा हुने लगोको हो।

भेटका अवसरमा दूतावासका प्रहरी सम्पर्क अधिकारी चेन हान, ओभरसिज चाइनिज एसोसिएसन अफ नेपालका अध्यक्ष, जिन छियोदोङ, उपाध्यक्ष गु यिङमिन, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, सामान्य प्रशासन शाखाकी प्रमुख शारदा दाहाललगायतको उपस्थिति रहेको थियो।
 

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्