नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड

काठमाडौं, मंसिर १९ : नेपालका १२ वर्षिय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका छन्।
नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै युवा समूहको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका हुन्।
स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन्।
यस कार्यक्रममा नेपाल सहित भारत, मलेसियालगायत देशका बालबालिका सहभागी भएका थिए। प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवद्र्घन समेत गरेका थिए। आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड आकर्षक आभा ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनलको उपाधि हासिल गरेकी थिइन्।
प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए। प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन्।
यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्घारा काठमाडौंमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’ का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’ की विजेता हुन्।












