Kathmandu Press

मृत्युभय युक्त देवता महाभैरवको पूजाआजा

भैरवाष्टमी समेत भनिने यस दिनमा काठमाडौंको बसन्तपुरस्थीत कालभैरवको मन्दिरमा विशेष पूजाआजा गरिएको छ। पौराणिक कालदेखि नै भैरवलाई मृत्यूभन्दा कठोर र उग्रस्वभावका देवताका रुपमा पूजा गरिन्छ।
मृत्युभय युक्त देवता महाभैरवको पूजाआजा

काठमाडाैं, मंसिर १९ : मंसिर कृष्ण अष्टमी, भैरवको जन्म भएको दिनको रुपमा मृत्युभय युक्त देवता महाभैरवको पूजाआजा गरिएको छ।

भैरवाष्टमी समेत भनिने यस दिनमा काठमाडौंको बसन्तपुरस्थीत कालभैरवको मन्दिरमा विशेष पूजाआजा गरिएको छ। पौराणिक कालदेखि नै भैरवलाई मृत्यूभन्दा कठोर र उग्रस्वभावका देवताका रुपमा पूजा गरिन्छ।

Hardik ivf

शिवबाटै उत्पन्न भएको हुनाले भैरवलाई शिवपुत्र मानिन्छ। भगवान शिवका विभिन्न आठ रुप मध्ये भैरव एक रुप हो। राष्ट्रको रक्षाका लाथि शिव भगवानले भैरवको उत्पती गरेको कथन रहेको युवा विश्व हिन्दू महासंघका अध्यक्ष राजन महर्जनले बताए।

नेपालमा मल्लकालमा काठमाडौंका बासिन्दाले नागार्जुन पहाड उत्खनन गर्दा काल भैरवको मुर्ति भेटेर काठमाडौको वसन्तपुर दरबार क्षेत्रमा ल्याई प्रतिस्थापन गरेको उनको भनाइ छ।

काल भैरव राखिएको त्यहि ठाउँ भैरवस्थान भनेर चिनिन्छ। मंसिर कृष्णपक्षको सप्तमी तिथिको अन्त्य भएर अष्टमी लागेकै बखत त्रिनेत्रधारी महादेवका अंशका रुपमा भैरवको जन्म भएको पौराणिक कथन रहेको छ। त्यसैकारण यस दिनलाई काल भैरवाष्टमी पनि भनिएको महर्जनले बताउनुभयो। भैरवको आश्रय लिएको खण्डमा मानिस निर्भय हुने बताइएको छ। 

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्