एनसेल कर विवाद मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं, मंसिर १९ : एनसेलको कर विवादसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।
उक्त मुद्दाको अर्को पेशी फागुन १५ गतेका लागि तोकिएको छ। ठुला करदाता कार्यालयले निर्धारण गरेको लाभकरमा चित्त नबुझेका कारण एनसेलले एनसेल २०७७ पुष २६ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।
टेलयासोनेरासँग एनसेल खरिद गर्दा पुँजीगत लाभकर बापत ठुला करदाता कार्यालयले थप ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण गरेको थियो। उक्त प्ररकणमा आजियटाले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमेत गुहारेको थियो।
मध्यस्थकर्ताबाट समेत समाधान ननिस्किएपछि एनसेल सर्वोच्चमा गएको हो।
प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












