Kathmandu Press

बालबालिकालाई ‘एनिमल’ देखाउने वान सिनेमाजविरुद्ध कारबाही सिफारिस

बालबालिकालाई ‘एनिमल’ देखाउने वान सिनेमाजविरुद्ध कारबाही सिफारिस

काठमाडौं, मंसिर १९ : चलचित्र ‘एनिमल’ प्रर्दशनमा मापदण्ड उलंघन गरेको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल वन सिनेमाजविरुद्ध कारबाही हुने भएको छ। 

चलचित्र विकास बोर्डले, मापदण्डविरुद्ध बालबालिकालाई भारतीय चलचित्र ‘एनिमल’ देखाएको पाइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको हो।

Hardik ivf

हिजो सोमबार साँझ ६ः३० बजेको शोमा बालबालिकालाई टिकट बिक्री गरी चलचित्र देखाएको पाइएको बोर्डले जनाएको छ। 
बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रबी अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, नीराजन गिरीलगायतले गरेको छड्केका क्रममा मापदण्ड विपरित चलचित्र देखाएको पाइएपछि, हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको अनुगमन समिति संयोजक राजु केसीले बताए। 

'कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ। हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न सम्पूर्ण हल सञ्चालकहरूलाई अनुरोध गर्दछौं,' अनुगमन समितिका संयोजक राजु केसीले भने। 

कानुनले वर्जित गरेको कार्य गरेको भेटिएमा कानुनबमोजिम आवश्यक कारबाही हुने उनको भनाइ छ। सो घटनाबारे थप अनुसन्धान गरी बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए। 

सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ। यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी हो। 

प्रकाशित मिति: १३:१४ बजे, मंगलबार, मंसिर १९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्