Kathmandu Press

नेप्सेका सबै उपसूचकमा गिरावट

काठमाडौं, फागुन २१ : साताको चौथो कारोबार दिन बुधबार नेप्सेका सबै उपसूचकमा गिरावट रहेको छ। सर्वाधिक गिरावट हुने उपसूचकमा लघुवित्त र निर्जीवन बीमा ....

नेप्सेका सबै उपसूचकमा गिरावट

काठमाडौं, फागुन २१ : साताको चौथो कारोबार दिन बुधबार नेप्सेका सबै उपसूचकमा गिरावट रहेको छ। सर्वाधिक गिरावट हुने उपसूचकमा लघुवित्त र निर्जीवन बीमा समूहमा क्रमशः ६ दशमलव १६ प्रतिशत र ६ दशमलव १० प्रतिशत रहेको छ।

त्यस्तै, बैंकिङ्ग समूह ४ दशमलव ५४ प्रतिशतले घटेको छ। नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले घटेर १४४१ दशमलव २० को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ४ दशमलव ५४ प्रतिशतले घटेकोे छ। 

१५११ दशमलव ४२ को विन्दुमा खुलेको दोस्रो बजार १५१३ दशमलव ९४ को उच्च विन्दुसम्म पुगेको थियो।  बजारको न्यून विन्दु १४३९ दशमलव ३८ थियो। बुधबार २ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड ६६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलव १७ प्रतिशतले कमाए भने नेशनल माइक्रो फाइनान्स, नेपाल सेवा लघुवित्त, स्वदेशी लघुवित्त र कालिका लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले गुमाए।

 

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको र विगत चार कारोबार दिनदेखि बजार सच्चिरहेको देखिन्छ। आजको मैनबत्तीले ‘बियरिस मारुबोजु’ आकृति बनाएको छ। यसले बजारमा विक्रेताको चाप रहेको र अर्को कारोबार दिन पनि बजार केही घट्न सक्ने संकेत गर्दछ। आजको परिमाण सामान्य रहेको छ। 

चित्र नं. २ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, तीन दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। समग्रमा बजार प्रवृत्तिहीन रहे पनि अघिल्लो कारोबार दिन केही बढ्दो प्रवृत्तिमा रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) हरुले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३४ दशमलव ६३ अंकमा रहेको छ। यसको प्रवृत्ति हालसम्म नकारात्मक क्षेत्रमा रहेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा शेयर बढी विक्री भएको  संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा यदि बजार १४६० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १४८० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १४३८ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ।
 

प्रकाशित मिति: १८:३३ बजे, बुधबार, फागुन २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्