Kathmandu Press

अमेरिकामा अस्मिताले गरिन् विभिन्न १२ सहरमा कन्सर्ट

‘यूएसए फर्स्ट म्युजिकल यात्रा–भोल्युम वन’ नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सियाटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो ।
अमेरिकामा अस्मिताले गरिन् विभिन्न १२ सहरमा कन्सर्ट

काठमाडौं, मंसिर १८ : चर्चित गायिका अस्मिता अधिकारीले अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन्।

‘यूएसए फर्स्ट म्युजिकल यात्रा–भोल्युम वन’ नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सियाटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो ।

नेपालीको मुख्य पर्वहरुमध्ये दसैँ र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरु भएको कन्सर्ट नोभेम्बर २५ मा भर्जिनियामा समापन भएको थियो।

Hardik ivf

अस्मिताले पहिलो पटक अमेरिकामा आफ्नो प्रस्तुती दिएकी हुन् । एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ। लाइभएट प्रेजेन्स, प्लानेट थ्रीफिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेशनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए।

asmita-1701692505.jpg

आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्टहरू सम्पन्न भएका छन् । छोटो समयमा धेरै स्थानमा र विश्वस्तरीय कन्सर्ट स्थलहरूमा कार्यक्रम आयोजना भएका थिए। हरेक विकेन्डमा आयोजित कन्सर्टमा  नेपालीभाषी डायस्पोरा समुदाय, दोस्रो पुस्ताका नेपालीहरू र केही विदेशी नागरिकहरूको पनि सहभागिता थियो।

अस्मिताको अमेरिका यात्रा अत्यधिक सफल र उत्कृष्ट रहेको प्रतिक्रिया प्राप्त गरेको आयोजकमध्ये एक शरद युवराज सिंहले बताए।

उनको कन्सर्ट आयोजना गर्न पाउँदा गर्व अनुभव गरेको उल्लेख गर्दै सिंहले नेपाललाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अझ नजिक्याउन अस्मिताले मद्दत गरेको विश्वास लिएको बताए।

अस्मिताले पछिल्लो समयको चर्चित गीत ’काले केटाले’ सहित ‘टाढा भए पनि’, ‘मेसो मिलाएर’, ‘रमरम मरौटी’, ‘उता परेली झिमझिम भो’, ‘फूलै फूल दिन्छौ कि’ लगायत दर्जनौँ गीतहरूले दर्शक झुमाएकी थिइन्।

प्रकाशित मिति: १८:०७ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्