Kathmandu Press

तारागाउँको सेयर कारोबार स्थगन

तारागाउँको सेयर कारोबार स्थगन

काठमाडौं, मंसिर १८ : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ। नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो।

'धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ ९१० मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकाले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६ ९१० ९ख०मा भएको व्यवस्था अनुरुप २०८० साल मङ्सिर १८ को निर्णायअनुसार त्यस कम्पनीको धितोपत्र कारोबार स्थगन गरिएको छ,' नेप्सेले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई पठाएको पत्रमा भनिएको छ। साथै उक्त पत्र प्राप्त भएको मितिले तीन कार्यदिन भित्र के कति कारणबाट समयमै जानकारी दिन नसकेको हो सो सम्बन्धमा स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ। 

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणासम्बन्धी निर्णय गरेको थियो। साथै सो निर्णय भने नेप्सेलाई आइतबार बेलुका ५ः१५ बजे मात्रै जानकारी गराएको नेप्सेको भनाइ छ।

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्