Kathmandu Press

नेकपा एसको सचिवालय बैठक जारी  

नेकपा एसको सचिवालय बैठक जारी  

काठमाडौं, मंसिर १८ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले महाधिवेशनको मिति तय गर्न आजका लागि बोलाएको सचिवालय बैठक सुरु भएको छ। 

एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको छ। 
यसअघि एसले आगामी माघमा महाअधिवेशन गर्ने तय गरेको थियो। सो मितिमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन आजका लागि सचिवालय बैठक बोलाइएको हो।

बैठकमा अन्तरपार्टी निर्देशन(अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने एस सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: १२:३४ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्