Kathmandu Press

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर

रिफ्युलिङ सेन्टर सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (आन्तरिक तर्फ) नजिकको वैकल्पिक विमास्थलका रुपमा उक्त विमानस्थललाई प्रयोगमा ल्याउन सकिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर

बारा, मंसिर १८ : सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ। नेपाल आयल निगमले स्थापना गरेको उक्त रिफ्युलिङ सेन्टरको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमानस्थलका रुपमा रहेको उक्त विमानस्थलमा हालसम्म हवाई इन्धन भर्ने व्यवस्था थिएन।

रिफ्युलिङ सेन्टर सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (आन्तरिक तर्फ) नजिकको वैकल्पिक विमास्थलका रुपमा उक्त विमानस्थललाई प्रयोगमा ल्याउन सकिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

Hardik ivf

‘काठमाडौंबाट उडान वा काठमाडौंमा अवतरण गर्ने आन्तरिक उडानका लागि सिमरा विमास्थललाई बैकल्पिक विमानस्थलका रुपमा राख्ने गरिएकामा हवाई इन्धन रिफ्युलिङ सेवाले आपतकालीन उडान तथा अवतरणमा सहजता ल्याउनेछ,’ उनले भने।

काठमाडौंमा मौसम खराब वा हवाई चाप हुँदा भैरहवा र विराटनगर मार्ग परिवर्तन गर्नुपर्ने अवस्थाको अन्त्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

काठमाडौंबाट सिमरासम्मको हवाई यात्राको समय करिब १५ मिनेट रहेको छ। रिफ्युलिङ सेन्टरको स्थापनापछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्दै उड्डयन उद्योग र हवाई यात्रु दुवैलाई फाइदा पुग्ने निगमको विश्वास छ।

रिफ्युलिङ सेन्टरका लागि निगमले विमानस्थलमा ११ र १६ किलोलिटरका २ वटा रिफ्युलर तथा ९ किलोलिटरको ‘डिस्पेन्सर’ को व्यवस्था गरेको छ।

सिमरा विमानस्थलमा भण्डारण ट्याङ्क स्थापना नभएसम्म जनकपुरमा रहेको डिपोबाट हवाई इन्धन ल्याइनेछ। निगमले हाल भारतको बरौनीबाट जनकपुर डिपोमा हवाइ इन्धन ल्याउने गरको छ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले हवाई इन्धन रिफ्युलिङ सेवा विस्तार गर्ने नीति तथा कार्यक्रमअनुसार यो वर्ष पहिलोपटक सिमरा विमानस्थालमा सेवा सुरु गरिएको बताए। निगमले यही वर्ष भरतपुर र जुम्ला विमानस्थलमा समेत सेवा विस्तार गर्ने योजना बनाएको उहाँले जानकारी दिए।

यो सेवा विस्तारबाट निगमलाई सिमराबाट काठमाडौँसम्मको ढुवानीमा लाग्दै आएको ढुवानी भाडा बचत हुने प्रवक्ता ठाकुरको भनाइ छ।

प्रकाशित मिति: ०७:३७ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्