Kathmandu Press

कर्णालीको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरको जलयात्रा

दैलेखको आठबिस नगरपालिकामा राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म पुगिने राफ्ट दौडले कर्णाली नदी तटीय क्षेत्रमा पर्यटकीय गतिविधि बढाउने जनाइएको छ।
कर्णालीको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरको जलयात्रा


काठमाडौं, मंसिर १८ : कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरको जलयात्रा ‘द ग्रेट कर्णाली क्वेस्ट २०२४’ आयोजना हुने भएको छ।

नेपाल एसोसिएसन अफ राफ्टीङ एजेन्सिज, नेपाल नदी सरंक्षण संस्था र कर्णाली बेसिन सरंक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा आगामी मार्च ८ देखि १३ सम्म हुने भएको हो। २ सय ४८ किलोमिटरको दुरी पार गरिने राफ्ट दौड अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो हुने आयोजकले जनाएका छन्।  

Hardik ivf

दैलेखको आठबिस नगरपालिकामा राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म पुगिने राफ्ट दौडले कर्णाली नदी तटीय क्षेत्रमा पर्यटकीय गतिविधि बढाउने जनाइएको छ।

यसबाट सहभागीहरूले मनोरम प्राकृतिक दृश्यहरू खोजी गर्ने छन् । ¥याफबोटमा चुनौतीपूर्ण ¥यापिडहरू छिचोल्दै साहसिक अनुभव लिने र स्थानीय समुदाय तथा संस्कृतिसँथ परिचित हुनेछन्।  

प्रतियोगितामा १६ टोलीहरू हुनेछन् । करिब ६ अन्तर्राष्ट्रिय टोली सहभागी हुने जानकारी प्राप्त भएको आयोजकले जनाएका छन्।

सहभागिताका लागि आवेदन फेब्रुअरी ५ सम्म खुला गरिएको छ। प्रत्येक टोलीको दर्ता शुल्क ४ सय ५० यूएस डलर राखिएको छ। समापन समारोहमा सहभागीहरूको खेलको स्मरण गर्दै नगद पुरस्कार, पदक र प्रमाणपत्रहरू प्रदान गर्ने कार्यक्रम छ । सबैभन्दा लामो दुरीको राफ्ट दौड भएकाले कार्यक्रम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता हुने अपेक्षा आयोजकको छ।  

कार्यक्रमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह, नेपाल पर्यटन बोर्डको सहयोग छ।

द कर्णाली क्वेस्ट यसअघि मंसिर ७–१२ मा गर्ने मिति आयोजकले तय गरेका थिए । गत कात्तिक तेस्रो साता जाजरकोट र रुकुममा भूकम्पले जनधनको क्षति भएपछि कार्यक्रमको मिति आगामी फागुन २५–३० का लागि सारिएको हो।

प्रकाशित मिति: ०७:२३ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्