नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड
नेपाल एयरलाइन्सको नाइन एनएबीयु कल साइन भएको विमान तीनजना यात्रु र चालक दल सहितको बिहान ११ बजे रारा विमानस्थल पुगेको थियो।मुगु, मंसिर १७ : नेपालगन्जबाट रारा विमान स्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा बिमानस्थलमा ग्राउण्डेड भएको छ।
नेपाल एयरलाइन्सको नाइन एनएबीयु कल साइन भएको विमान तीनजना यात्रु र चालक दल सहितको बिहान ११ बजे रारा विमानस्थल पुगेको थियो।
त्यहाँबाट १३ जना यात्रु लिएर नेपालगन्ज उडान गर्न लाग्दा जहाजको ब्याट्रीमा समस्या भएपछि ग्राउण्डेड भएको हो।
जहाजमा समस्या आएपछि तत्कालै तारा एयरलाइन्सको जहाजमा नेपालगन्जबाट इन्जिनियर झिकाएर जहाजको समस्या जाँच गरिउको थियो।
त्यस क्रममा जहाजको ब्याट्रीमा समस्या देखिएकाले नेपालगन्जबाट ब्याट्री झिकाएपछि सोमबार नेपालगन्जका उडान हुने नेपाल एयरलाइन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिए।
उक्त एयरलाइन्सबाट नेपालगन्ज जाने १३ जना यात्रुहरु ताल्चाको होटलमा बसेका छन्।
प्रकाशित मिति: १८:४२ बजे, आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगुन दिएर प्रधानमन्त्री ओलीलाई ज्यापु दिवसमा बाेलाइयाेबुधबार, मंसिर १२, २०८१
एनपिएल खेल्न कर्णालीका वाल्टन र बाबर काठमाडौंमाबुधबार, मंसिर १२, २०८१
दुई लगतार घटेको सुनको मूल्य बुधबार बढ्योबुधबार, मंसिर १२, २०८१
१५ मिनेटमा ३ गोल खाएपछि फियनूर्डसँग रोकियो सिटीबुधबार, मंसिर १२, २०८१