Kathmandu Press

चितवनमा मंसिर २२ र २३ गते नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुने

चितवनमा मंसिर २२ र २३ गते नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुने

चितवन, मंसिर १७ : अति सकटापन्न अवस्थामा रहेको घडीयाल गोही सरक्षण गर्ने उद्देश्यले चितवनमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुने भएको छ।

उक्त गोही मेला चितवनको पर्यटकीय क्षेत्र सौरहामा यही मसिर २२ र २३ गते हुने भएको हो। गोही प्रजातीको प्रभाबकारी सरक्षण स्थानिय समुदायको सहभागिता वैज्ञानिक सुचना र जानकारीका साथै समग्र गोही प्रजातीको दिगो सरक्षण रणनिति तयार र नयाँ पिढीमा सरक्षण सस्कृतिको बिकास गर्नको लागि मेलाको आयोजना गरीएको संयोजक रन्जना भट्टले बताइन्।

Hardik ivf

केयर अफ नेचरको आयोजनामा हुने उक्त मेलामा मेलाको २ दिन सम्म हुने गोही मेलामा गोही प्रजातीको सन्लर्भमा सुचनामुलक श्रब्य दृश्य सामग्री पोस्टर चित्रकला तथा सुचना केन्द्रको अबलोकनका साथै स्थानिय कला सस्कृति खानाका परिकार लगाएतका स्टलहरु पनि रहने छ। मेलाको अबधिभर सरक्षण सम्बन्धी नाटक गित नृत्य लगाएतका बिभिन्न कार्यक्रमहरु रहने सयोजक भट्टले बताइन्। उक्त मेलामा बिभिन्न ८ बिद्यालयहरुमा सरक्षण शिक्षा सचालन हुने उनले बताइन्।

गोही मेलाले पर्यटकहरुलाई आकर्षण गर्नुका साथै गोही प्रजाती सरक्षणमा मद्दत पुग्ने बागमारा मध्यबर्ती सामुदायीक वनका अध्यक्ष जीतु तामाङ्ले बताए। नेपालमा घडीयाल मगर २ प्रजाती गोही पाईने गरेको छ। यीनीहरु सख्या घट्दो क्रममा रहेको छ। नेपालमा घडीयाल गोही २ सय ३९ वटा रहेको छ भने मगर गोही गणना हाल सम्म भएको छैन। 


 

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्