Kathmandu Press

अन्तःशुल्कको स्टिकर दुरुपयोग गर्ने व्यवसायी पक्राउ

उक्त गाउँपालिकाको कर्सिया बजारस्थित केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।
अन्तःशुल्कको स्टिकर दुरुपयोग गर्ने व्यवसायी पक्राउ

विराटनगर, मंसिर १२ : राजस्व विभागले प्रयोग गर्ने अन्तःशुल्कको स्टिकर दुरुपयोग गर्ने मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारी पक्राउ परेका छन्। उक्त गाउँपालिकाको कर्सिया बजारस्थित केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न ब्रान्डका गुट्खा र अन्य सूर्तीजन्य पदार्थको खोलमा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले राजवंशीलाई पक्राउ गरेको हो। प्रयोग भइसकेका स्टिकर संकलन गरी पुनः प्रयोग गर्ने उद्देश्यले उनले बिक्री गर्ने गरेको र त्यसबाट ठूलो परिमाणमा राजस्व छली हुँदै आएको पाइएको छ।

Hardik ivf

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार व्यवसायी राजवंशीले सूर्तीजन्य पदार्थमा लगाइने अन्तःशुल्कको स्टिकर भण्डारण गरी राख्ने गरेको पाइएको छ। प्रहरीका अनुसार सूर्तीजन्य पदार्थमा लगाइएका ती स्टिकर संकलन गरी बुटवलमा रहेको श्री राम उद्योगले उत्पादन गर्ने करेन्ट नामको गुट्कामा पुनः प्रयोगको लागि पठाउने गरेको पाइएको छ।

साना व्यवसायीबाट ३ रुपैयाँमा किनेर राजवंशीले बुटवलको उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रतिगोटा स्टिकर विक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। राजवंशीको पसलमा छापा मार्ने क्रममा प्रहरीले ३ हजार १ सय ४० वटा अन्तःशुल्क स्टिकर बरामद गरिएको जनाएको छ। अन्तःशुल्क स्टिकर दुरुपयोग गर्ने राजवंशीलाई थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयम बुझाइएको छ।
 

प्रकाशित मिति: १७:०० बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्