Kathmandu Press

चार राज्यको मतगणनामा तीन राज्यमा भाजपाको अग्रता 

मध्यप्रदेश, राजस्थान, तेलंगाना र छत्तीसगढ राज्यको विधानसभा निर्वाचनअन्तर्गत आइतबारबाट शुरु मतगणनामा भाजपाले तेलंगानाबाहेक तीन वटै राज्यमा बहुमत सिटमा अग्रता कायम गरेको छ।
चार राज्यको मतगणनामा तीन राज्यमा भाजपाको अग्रता 

काठमाडौं, मंसिर १७ : भारतमा विधानसभा निर्वाचनमा प्रारम्भिक नतिजा अनुसार तीन राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत सिटमा अग्रता बनाएको छ।

मध्यप्रदेश, राजस्थान, तेलंगाना र छत्तीसगढ राज्यको विधानसभा निर्वाचनअन्तर्गत आइतबारबाट शुरु मतगणनामा भाजपाले तेलंगानाबाहेक तीन वटै राज्यमा बहुमत सिटमा अग्रता कायम गरेको छ।

Hardik ivf

बिहानदेखि चार राज्यको मतगणना सुरु भएको हो। मध्यप्रदेशमा भाजपा एकल बहुमततर्फ अग्रसर देखिएको छ। दुई सय ३० सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा ११६ सांसद आवश्यक पर्दछ। भाजपाले १६४ सिटमा अग्रता कायम गरेको छ। 

यता कांग्रेस आईले ६३ र अन्य दलले ३ सिटमा अग्रता कायम गरेका छन्। मध्य प्रदेशमा अघिल्लो विधानसभा निर्वाचनमा भाजपा १०९ सिटमा सीमित थियो। त्यतिबेला कांग्रेस आईले ११४ सिट जितेको थियो। अन्य दलले ७ सिट जितेका थिए। पछिल्लो मत परिणाम अनुसार राजस्थानमा पनि भाजपा नै अगाडी छ।

राजस्थानमा जारी मतगणना अनुसार भाजपाले ११३ सिटमा अग्रता लिएको छ। कांग्रेस आईले ६९ सिटमा अग्रता कायम गरेको छ। अन्य दलले १७ सिटमा अग्रता बनाएका छन्। राजस्थानमा १९९ सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा १०० सांसद आवश्यक पर्दछ। 

राजस्थानमा सन् २०१८ को निर्वाचमा राजस्थानमा कांग्रेस आईले १०० सिट जितेको थियो। भाजपा ७३ सिटमा सीमित भएको थियो। अन्य दलले २७ सिटमा जितेका थिए। छत्तीसगढमा पनि भाजपाले बहुमत सिटमा अग्रता बनाएको छ। कुल ९० सिट रहेको छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपाले ५३ सिटमा अग्रता कायम गरेको छ। कांग्रेस आईले ३४ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन्।

अघिल्लो २०१८ को निर्वाचनमा छत्तीसगढमा भाजपाले १५ सिट मात्र जितेको थियो। कांग्रेस आईले ६८ सिटमा जित हासिल गरेको थियो। अन्य दलले ७ सिट जितेका थिए।

११९ विधानसभा सिट रहेको तेलंगानामा भने कांग्रेस आईले ६६ सिटमा अग्रता लिएको छ। यस्तै, भारत राष्ट्र समितिले ३८, भाजपाले ९ र अन्यले ६ सिटमा अग्रता बनाएका छन्। सन् २०१८ को निर्वाचनमा तेलंगानामा भारत राष्ट्र समितिले ८८, कांग्रेस आईले १९ र भाजपाले एक सिट जित हासिल गरेका थिए।   
 

प्रकाशित मिति: १५:५० बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्