Kathmandu Press

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थभित्र यात्रुले बोकेको पावरब्यांक पड्किँदा आगाे   

विमानस्थलमा बोर्डिङ पास लिएर विमानमा चढ्ने प्रतिक्षामा रहेका चिनियाँ यात्रुले झोलामा राखेको पावरब्यांकमा चाज गरेरै आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थभित्र यात्रुले बोकेको पावरब्यांक पड्किँदा आगाे   

काठमाडौं, मंसिर १७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुले बोकेको ह्याण्डब्यागमा पावरब्यांक पड्किएर आगो लागेको छ। बिहान साढे ११ बजेको उडानमार्फत ति यात्रु चीन जान लागेका थिए।

विमानस्थलमा बोर्डिङ पास लिएर विमानमा चढ्ने प्रतिक्षामा रहेका चिनियाँ यात्रुले झोलामा राखेको पावरब्यांकमा चाज गरेरै आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो।

एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुले बोकेको ह्याण्डब्यागमा आगो लागेपछि गागो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए।

उनका अनुसार ती यात्रुले ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए। सो घटनापछि ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए। ती यात्रु र विमानस्थलमा कुनै क्षति भएको छैन्। अवस्था सामान्य रहेको छ। विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन। ह्याण्ड ब्यागमा राख्न भने पाइन्छ।

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्