राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा

काठमाडौं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ।
बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले सङ्गठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका छ।
यो प्रत्येक तीन–तीन महिनामा बस्ने नियमित बैठक भएकोसमेत महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। मङ्सिर २५ गते दिउँसो उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने पार्टीले जनाएको छ।
प्रकाशित मिति: १३:०३ बजे, आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












