Kathmandu Press

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

भूकम्पछि स्थानियले खाली चौर र सडकमा रात बिताएका थिए। भूकम्पपछि त्यहाँ प्यासिफिक सुनामी अनउने चेतावनी दिएको छ।
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

मनिला, मंसिर १७ : फिलिपिन्समा शनिबार राति ७.६ रेक्टर स्केटको शक्तिशाली भूकम्प गएको छ।

फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्रमा राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको बताइएको छ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प २० माइलको गहिराइमा गएको थियो।

भूकम्पछि स्थानियले खाली चौर र सडकमा रात बिताएका थिए। भूकम्पपछि त्यहाँ प्यासिफिक सुनामी अनउने चेतावनी दिएको छ।

केन्द्रले सुरुमा सुनामीका छालहरू दक्षिणी फिलिपिन्स, इन्डोनेसिया, पलाउ र मलेसियाका केही भागहरूमा पुग्ने अपेक्षा गरेको थियो। तर, पछि सुनामीको खतरा सुरुमा डराएको जस्तो गम्भीर नभएको घोषणा गरेको छ।

फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानका प्रमुख टेरेसितो बाकोलकोलले दक्षिणी सुरिगाओ डेल सुर र डाभाओ ओरिएन्टल प्रान्तका तटीय क्षेत्रका बासिन्दाहरूलाई तुरुन्तै उच्च भूमिमा जान वा भित्री भूमिमा जान सल्लाह दिएका छन्।

भूकम्पले के कति भौतिक तथा मानवीय क्षति गर्यो सो बारे थप विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति: ११:३० बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्