Kathmandu Press

ग्रानडालाई हराउँदै रियल ला लिगाको शीर्ष स्थानमा

शनिबार राति भएको खेलमा ग्रानडालाई २–० ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो।
ग्रानडालाई हराउँदै रियल ला लिगाको शीर्ष स्थानमा

काठमाडौं, मंसिर १७ : रियल मड्रिड स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा ग्रानडालाई २–० ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो।

घरेलु मैदानमा रियललाई जित दिलाउन ब्राहिय डियाज र रोड्रिगोले गोल गरे। उसले दुवै हाफमा गोल गरेको थियो।

२६औं मिनेटमा टोनी क्रुसको उत्कृष्ट पासमा डियाजले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। ५७औं मिनेटमा रोड्रिगोले टिमको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा रियल विजयी भयो।

जिरोनासँग समान ३८ अंक भएपनि रियल गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। ग्रानडा भने रेलिगेसन जोनमा छ।

जिरोनाले भ्यालेन्सियालाई २–१ ले हराउँदो एथ्लेटिको बिलबाओले भालोकानेलाई ४–० ले हरायो। यस्तै ओसासुना र रियल सोसिडाडले भने १–१ को बराबरी खेलेका छन्।

 

प्रकाशित मिति: ०८:५४ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्