प्रिमियर लिगमा आर्सनल विजयी, युनाइटेड पराजित
शनिबार राति भएका खेलमा उसले वुल्भ्सलाई २–१ ले हरायो।
काठमाडौं, मंसिर १७ : इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। शनिबार राति भएका खेलमा उसले वुल्भ्सलाई २–१ ले हरायो।
आर्सनलको जितमा बुकायो साकाले खेलको छैठौं मिनेटमै गोल गरे भने मार्टिन ओडेगार्डले १३औं मिनेटमा टिमको अग्रता दोब्बर बनाए। खेलको अन्त्यतिर वुल्भ्सका म्याथुस कुन्हाले गोल गरेका थिए।
यो जितसँगै आर्सनलले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। आर्सनको १४ खेलबाट ३३ अंक रहँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १३ खेलबाट २९ अंक रहेको छ। वुल्भ्स १५ अंकसहित १३औं स्थानमा छ ।
यस्तै, म्यानचेस्टर युनाइटेडलाई भएको छ। युनाइटेड न्युकासलसँग १–०ले पराजित भयो। न्यूक्यासलको जितमा एन्थोनी गोर्डनले ५५औं मिनेटमा निर्णायक गोल गरे।
जितसँगै न्यूक्यासल तालिकाको ५औं स्थानमा उक्लिएको छ । न्यूक्यासलले १४ खेलबाट २६ अंक बनाएको छ। युनाइटेडको समान खेलबाट २४ अंकसहत सातौं स्थानमा झरेको छ।
अर्को खेलमा एभर्टनले नटिङघम फरेस्टलाई १–० ले हराउँदा बर्नलेले सेफिल्ड युनाइटेडमाथि ५–० को फराकिलो जित निकाल्यो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










