Kathmandu Press

एनएसएलमा आज दुई खेल, झापा र पोखरा तथा ललितपुर र धनगढी भीड्दै

पहिलो खेलमा दिउँसो १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्दैछन् भने साँझ साढे ५ बजे हुने खेलमा धनगढी एफसीले ललितपुर सिटी एफसीको सामना गर्नेछ।
एनएसएलमा आज दुई खेल, झापा र पोखरा तथा ललितपुर र धनगढी भीड्दै

काठमाडौं, मंसिर १६ : नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुँदैछ।

पहिलो खेलमा दिउँसो १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्दैछन्। यो पोखराको तेस्रो र झापाको दोस्रो खेल हो। पोखराले २ खेलमा एक जित र एक बरारबी खेलेको छ भने झापा जित बिहीनछ।

Hardik ivf

पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–०ले हराएको छ भने दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। झापा भने पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको थियो।

यस्तै साँझ साढे ५ बजे हुने खेलमा धनगढी एफसीले ललितपुर सिटी एफसीको सामना गर्नेछ। धनगढीले यसअघिका दुवै खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । एक जित र एक बराबरी खेलेको ललितपुर ४ अंकसहित दोस्रो स्थानमा छ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता रहेको छ।

प्रकाशित मिति: १२:०५ बजे, शनिबार, मंसिर १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्