‘अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल’
शिक्षाको महत्व विस्तारै बढ्दै गएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले यस पेशालाई उदाहरणीय बनाउनुुपर्नेमा जोड दिए।
गण्डकी, मंसिर १६ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल बन्नेमा जोड दिएका छन्।
सैनिक आवासीय महाविद्याल, पोखराको १९औँ वार्षिकोत्सवमा उनले भविष्यका कर्णधार विद्यार्थीलाई भविष्यको सोच, शिक्षाको महत्व, अनुशासन र देशप्रेमको भावना विकास गर्न सकेमा मात्रै भावी पुस्ता थप सबल बन्ने बताए।
शिक्षा पेशा आफैँमा गौरवपूर्ण र प्रतिष्ठित पेशा भएको बताउँदै उनले पछिल्ला समयमा यसलाई हेप्न थालिएको बताए। शिक्षाको महत्व विस्तारै बढ्दै गएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले यस पेशालाई उदाहरणीय बनाउनुुपर्नेमा जोड दिए।
महाविद्यालयमा व्यवस्थापनतर्फ विविएको कक्षा पनि सञ्चालन गर्न लागिएको बताउँदै उनले यसबाट लाभान्वित बन्न आग्रह गर्दै स्नातक तहमा विभिन्न कक्षा सञ्चालन गर्न यो सुरुवात भएको र भविष्यमा अन्य विषयमा पनि पठनपाठन सुरु गरिने जानकारी गराए।
घरपरिवारबाटै उचित शिक्षा, दिक्षा र संस्कारको विकास भई विद्यालय, महाविद्यालयमा अध्ययन गरे पश्चात समाज र राष्ट्रको सेवा गर्ने व्यक्तित्वका रुपमा विकास गर्न सकिने धारणा प्रधानसेनापति शर्माले राखे।












