करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु, ३ जना घाइते
इलामको सन्दकपुर गाउँपालिका–१ मा रहेको छागी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २४ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाम, मंसिर १५ : खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा इलाममा एकजना युवकको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।
इलामको सन्दकपुर गाउँपालिका–१ मा रहेको छागी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २४ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। त्यसक्रममा २५ वर्षीय विनोद राई, १९ वर्षीय सुदिप राई र २८ वर्षीय मनोज राई घाइते भएका छन्।
उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
यसैबीच, पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचिएर स्थानीय २४ वर्षीय विश्वराजा चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:२४ बजे, शुक्रबार, मंसिर १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












