Kathmandu Press

अपांगता भएका व्यक्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसमा महासंघले विभिन्न कार्यक्रम गर्ने

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मंसिर १७ गते काठमाडौंमा औपचारीक कार्यक्रमको आयोजना गरिने महासंघले जनाएको छ।
अपांगता भएका व्यक्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसमा महासंघले विभिन्न कार्यक्रम गर्ने

काठमाडौं, मंसिर १५ : अपांगता भएका व्यक्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवस पिभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ।

राष्ट्रिय अपांग महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मंसिर १७ गते दिवस मनाउन लागिएको जनाएको छ।

Hardik ivf

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मंसिर १७ गते काठमाडौंमा औपचारीक कार्यक्रमको आयोजना गरिने महासंघले जनाएको छ।

औपचारिक कार्यक्रमअघि माघ १६ गते बिहान अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन, २०७४ संशोधनका लागि समीक्ष गोष्ठी र साँझ भद्रकालीमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको महासंघका अध्यक्ष देविदत्त आचार्यले बताए।

यस्तै, उनले आजैदेखि १७ गतेसम्म बबरमहलको कलाघरमा बारुदी सुरुङ विस्फोटबाट हुने अपांगताबारे फोटो प्रदर्शन भइरहेको पनि जानकारी दिए। सोही अवसारमा अपांगताका क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई पनि सम्मान गरिने उनले बताए।

१७ गते नै लाकदोहोरी प्रतियोगिता, अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन क्षमतासम्बन्धी छलफल, १९ गते वातावरणीय परिवर्तन र दैवीप्रकोपको विषयमा अन्तक्र्रिया, २० गते न्यायपालिका र सरकारी कर्मचारीसँग अन्तक्र्रियालगायत विभिन्न कार्यक्रम रहेको अध्यक्ष आचार्यले जानकारी दिए।

अपांष्ता भएका व्यक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो।

विश्व स्वास्थ्य संगठन र विश्व बैंकले सन २०११ मा प्रकाशित पछिल्लो अपाङ्गता सम्बन्धी विश्व प्रतिवेदन अनुसार संसारको कुल जनसंख्याको १५ प्रतिशत मानिसहरू कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् र यो हरेक वर्ष बढ्ने क्रममा रहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्