Kathmandu Press

केपी ओली कप : राष्ट्रिय खेलाडीले भरिएको आर्मीलाई हराउँदै मधेश बन्यो च्याम्पियन

राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टि–२० क्रिकेटकाे उपाधि मधेश प्रदेशले जितेको छ।
केपी ओली कप : राष्ट्रिय खेलाडीले भरिएको आर्मीलाई हराउँदै मधेश बन्यो च्याम्पियन

कास्की, मंसिर १५ : राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लबलाई हराउँदै केपी ओली कप टि–२० क्रिकेटकाे उपाधि मधेश प्रदेशले जितेको छ। शुक्रबार पोखरा रंगशालामा भएको फाइनलमा मधेसले आर्मीमाथि ११ रनको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै मधेशले दिएको १३६ रनको सामान्य लक्ष्य पनि आर्मीले पछ्याउन सकेन। आर्मीमा ओपनर सन्तोष कार्कीबाहेक सबै राष्ट्रिय टिमबाट खेलेका खेलाडी थिए। आर्मीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो।

Hardik ivf

उसका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३० बलमा ३२ रन बनाउँदा विवेश यादवले १४ बलमा २५ रन बनाए। यस्तै, भीम सार्कीले २२ तथा सन्तोष कार्की र सोमपाल कामीले समान १६ रन बनाए।

आर्मीलाई सस्तैमा रोक्ने क्रममा मधेशका कप्तान हरिशंकर साहले ४ ओभरमा १९ रन मात्र खर्चेर ४ विकेट लिए भने प्रदीप पासवानले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मधेशले ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनायो। उसका लागि विशाल पटेलले सर्वाधिक ४९ रन बनाए। उनले ३२ बलमा समान ३ चौका र छक्का प्रहार गरे।

यस्तै, हरिशंकरले २७ र हिमांशु दत्तले १४ रनको योगदान दिए। आर्मीका विवेक यादव र साहब आलमले समान ३ विकेट लिए भने बासिर अहमद र सोमपाल कामीले समान १ विकेट लिए।

 

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्