Kathmandu Press

राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक थापाको निधन

राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक थापाको निधन

काठमाडौं, मंसिर १५ : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक भीम थापाको निधन भएको छ।

थापाको बिहीबार राति निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। कुलेश्वरस्थित घरमै ढलेका ७५ वर्षीय थापालाई परिवारले मेडिसिटी अस्पताल पु¥याएका थिए। थापालाई मेडिसिटी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

थापा सन् १९७१ मा जापानमा भएको यू–१९ एसियन च्याम्पियनसिपमा नेपाली टिममा रहेका उनले न्यूरोड टीम (एनआरटी), महावीर क्लबलगायतबाट खेलेका थिए।

उनी एन्फामा सह महासचिव र टेक्निकल डाइरेक्टर समेत भएका थिए। थापाले एन्फा एकेडेमीको एक्सन प्लान बनाएका थिए।

थापाको पार्थिव शरीर शुक्रबार अन्तिम श्रद्धान्जलीका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएको थियो। आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।
 

प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्