Kathmandu Press

वाग्मती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुखलाई

वाग्मती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुखलाई
Hardik ivf

काठमाडौं, मंसिर १५ : वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई दिइएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलले वाग्मती प्रदेश शर्मा चीन भ्रमणमा जाने भएपछि वाग्मती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख गुरूङलाई तोकेका हुन्। शर्मा भाेलि (मंसिर १६ गते) देखि मंसिर २१ गतेसम्मका लागि चीन भ्रमण तय भएको छ।

शर्माकाे अनुपस्थितिमा वाग्मती प्रदेश प्रमुखको दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी गुरूङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, मंसिर १५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्