Kathmandu Press

दुईवटा गैंडा मारेको आरोपमा निकुञ्ज कार्यालयद्वारा आठजना सार्वजनिक

खाग तश्करले गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डो खनेर दुईवटा गैंडा मारेका थिए। मरेका दुईवटै गैंडा खागबिहीन अवस्थामा दुईवटा खाल्डोमा फेला परेका थिए। गैंडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्यालय, चितवनले जनाएको छ।
दुईवटा गैंडा मारेको आरोपमा निकुञ्ज कार्यालयद्वारा आठजना सार्वजनिक

चितवन, मंसिर १४ : खाल्डो खनेर धरामप थापी दुईवटा गैंडा मारेको आरोपमा पक्राउ परेका आठजनालाई चितवन निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ।

खाग तश्करले गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डो खनेर दुईवटा गैंडा मारेका थिए। मरेका दुईवटै गैंडा खागबिहीन अवस्थामा दुईवटा खाल्डोमा फेला परेका थिए। गैंडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्यालय, चितवनले जनाएको छ।

Hardik ivf

निकुञ्जले विहीबार सार्वजनिक गरेका आरोपीमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती, थिङ बाजे भन्ने मकवाानपुुर मनहरी–६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ–९ मुल घरभई हेटौंडा–४ बस्ने ४४ वर्षीय समशेर थिङ सार्वजनिक भएका छन्। गैंडा मार्ने कार्यमा खाती मुख्य योजनाकार भएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ। 

यस्तै, सार्वजनिक हुनेमा राप्ती–११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका–६ फागम घर भइ मकवानपुर हेटौंडा–५ बस्ने २८ वर्षका अर्जुन रोका, घले भन्ने गोरखा बारपाक घर भई भरतपुर–११ लामा टोल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ, चितवन कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने वर्ष ५६ को इन्द्रबहादुर तमाङ पनि छन्। 

उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनको म्याद दिएको जनाइएको छ। दुर्लभ एक सिंगे गैंडा मारेको मुद्दामा अपराध पुष्टि भए १० लाख रूपैयाँसम्म जरिबाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।
 
प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, मंसिर १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्