Kathmandu Press

नेकपा एसद्वारा केन्द्रीय सचिवालय बैठक आह्वान

नेकपा एसद्वारा केन्द्रीय सचिवालय बैठक आह्वान

काठमाडौं, मंसिर १४ : नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ।

पार्टीको ६९औं केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

उनका अनुसार उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ। त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी ११) लगायतका विषयमा छलफल गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, मंसिर १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्