महामन्त्री ढकालको संयोजकत्वमा रास्वपा विधान संशोधन सिफारिस कार्यदल
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी विधान संशोधन गर्ने निर्णय गरेको र त्यसका लागि विधान संशोधन सिफारिस कार्यदल बनाइएको जनाइएको छ।
काठमाडौं, मंसिर १४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधनका लागि महामन्त्री मुकुल ढकालको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन सिफारिस कार्यदल बनाएको छ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी विधान संशोधन गर्ने निर्णय गरेको र त्यसका लागि विधान संशोधन सिफारिस कार्यदल बनाइएको जनाइएको छ। कार्यदल सदस्यमा केन्द्रीय सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरु सोविता गौतम, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, गणेश कार्की र वरिष्ठ अधिवक्ता नारायण घिमिरे छन्।
‘विधानमा संशोधन गर्नुपर्ने विषयहरु एक महिनाभित्र पार्टीमा सिफारिस गर्ने कार्यदलले जनाएको छ। केन्द्रीय समिति र संसदीय दलको बैठकले सांसद स्वतः केन्द्रीय सदस्य हुने निर्णय गरे पनि पार्टी विधानमा उक्त व्यवस्था छैन। सबै निर्णय विधानबमोजम हुने व्यवस्थाका लागि विधान संशोधनको व्यवस्था गर्न लागिएको बताइएको छ।












