Kathmandu Press

एनएसएलमा धनगढी र बुटवल भीड्दै

बुटबल लुम्बिनी पहिलो जितको खोजीमा हनेछ भने धनगढी जितलाई निरन्तरता दिने दाउमा हुनेछ।
एनएसएलमा धनगढी र बुटवल भीड्दै

काठमाडौं, मंसिर १४ : नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसी र एफसी बुटबल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ।

यी दुईबीचको खेल आज साँझ ५ः३० बजे दशरथ रंगशालामा हुनेछ। बुटबल लुम्बिनी पहिलो जितको खोजीमा हनेछ भने धनगढी जितलाई निरन्तरता दिने दाउमा हुनेछ।

पहिलो धनगढीले नवप्रवेशी टोली वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले हराएको थियो भने बुटवल लुम्बिनी पोखरा थन्डर्ससँग २–० ले पराजित भएको थियो।

पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । आयोजकले सहभागी टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गराउँदै आएको छ ।

 

प्रकाशित मिति: ११:०८ बजे, बिहीबार, मंसिर १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्