Kathmandu Press

चर्चित अमेरिकी कूटनीतिज्ञ तथा पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरकाे निधन

१९७३ देखि १९७७ सम्म किसिञ्जर अमेरिकी विदेशमन्त्री बनेका थिए। उनले भियतनाममा युद्धविराम वार्ताको लागि सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।
चर्चित अमेरिकी कूटनीतिज्ञ तथा पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरकाे निधन

न्यूयोर्क, मंसिर १४ : अमेरिकी चतुर कूटनीतिज्ञ, विदेश मामिलाका विज्ञ तथा नोबेल शान्ति पुरस्कार विजेता हेनरी किसिञ्जरको निधन भएको छ।

अमेरिकी राजनीतिमा एक विवादास्पद र ध्रुवीकृत व्यक्तिको रुपमा स्थापित हुँदै अमेरिकी विदेश नीतिमा अमिट छाप छोडेका किसिञ्जरको बुधबार १ सय र्षको उमेरमा निधन भएको हो।

Hardik ivf

सन् १९७०मा रिपब्लिकन राष्ट्रपति रिचर्ड निक्सनको नेतृत्वमा राज्य सचिवको जिम्मेवारी सम्हालेका किसिञ्जरले त्यो दशकका धेरै युग–परिवर्तनशील विश्वव्यापी घटनाहरूमा संलग्न रहेका थिए।

किसिञ्जरले जर्मनमा जन्मेका यहूदी शरणार्थीको प्रयासले चीनको कूटनीतिक उद्घाटन, ऐतिहासिक अमेरिकी–सोभियत हतियार नियन्त्रण वार्ता, इजरायल र यसका अरब छिमेकीहरू बीचको सम्बन्ध विस्तार, र उत्तर भियतनामसँग पेरिस शान्ति सम्झौताको नेतृत्व गर्ने अवसर पाएका थिए।

१९७३ देखि १९७७ सम्म किसिञ्जर अमेरिकी विदेशमन्त्री बनेका थिए। उनले भियतनाममा युद्धविराम वार्ताको लागि सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।

 

प्रकाशित मिति: १०:५५ बजे, बिहीबार, मंसिर १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्