Kathmandu Press

कोरियाको दक्षिणपूर्वी शहर ग्योङजुमा भूकम्प

सिउलबाट २७७ किलोमिटर दक्षिणपूर्वमा रहेको सहरमा बिहान ४ः५५ बजे करिब १२ किलोमिटर गहिराइमा भूकम्प गएको थियो।
कोरियाको दक्षिणपूर्वी शहर ग्योङजुमा भूकम्प

सिउल, मंसिर १४ : बिहीबार बिहानै कोरियाको दक्षिणपूर्वी सहर ग्योङजुमा ४.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पछि त्यहाँको गृह मन्त्रीले सर्तकता अपनाउन तथा पूर्वतयारी गर्न निर्देशन दिएका छन्।

तर, भूकम्पबाट कुनै क्षति भने नभएको त्यँहाको राज्यको मौसम विभागले जनाएको छ। सिउलबाट २७७ किलोमिटर दक्षिणपूर्वमा रहेको सहरमा बिहान ४ः५५ बजे करिब १२ किलोमिटर गहिराइमा भूकम्प गएको थियो।

Hardik ivf

त्यसपछि बिहान ५ः५० बजेसम्म पाँच पटक पराकम्प गएको कोरिया मौसम विज्ञान प्रशासनले जनाएको छ। यो वर्ष कोरियाली प्रायद्वीप वा यसको वरपरको पानीमा आएको यो दोस्रो सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

दमकल अधिकारीहरूले बिहान ५ बजेसम्म १०७ वटा कम्पको रिपोर्ट प्राप्त गरेको तर अहिलेसम्म कुनै क्षति नभएको बताए।

कोरिया हाइड्रो एण्ड न्यूक्लियर पावर कम्पनी, आणविक र जलविद्युत प्लान्टको सञ्चालकले भूकम्पले आफ्ना आणविक उर्जा प्लान्टको सञ्चालनमा कुनै असर नपरेको र सामान्य रुपमा चलिरहेको बताएको छ।

बिहीबारको भूकम्पको केन्द्रविन्दुको ५० किलोमिटरको दायराभित्र सन् १९७८ यता २ म्याग्निच्युड वा सोभन्दामाथिका ४ सय १८ वटा भूकम्प गएको छ।

गृह मन्त्रालयले आफ्नो केन्द्रीय प्रकोप र सुरक्षा काउन्टरमेजर मुख्यालय, राष्ट्रको विपद् नियन्त्रण टावरको सतर्कता स्तरलाई बढाएको छ । ‘सतर्कता’ को तेस्रो ठूलो भूकम्पको अलर्ट पनि जारी गरिएको छ। मन्त्रालयले भूकम्पपछिको अवस्था बुझ्न आकस्मिक बैठक बोलाएको छ ।

बैठकमा मन्त्री ली साङ–मिनले क्षतिको तत्काल आँकलन गर्न र आवश्यक पूर्वतयारीका कदम चाल्न सम्बन्धित मन्त्रालय र क्षेत्रीय सरकारहरूसँगको सहकार्यमा गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: ०८:५० बजे, बिहीबार, मंसिर १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्