मोरङमा वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध
तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो।
मोरङ, मंसिर १३ : मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन्।
तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो।
२०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन। एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो। कम्पनी काम छोडि बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयवासीले ढाड लगाएर बन्द गरेका छन्।
पथरी शनिश्चरे वडा नं ४, ८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने भन्दै ध्यानाकर्षण गराएका थिए। वडाध्यक्षहरू लोककिरण न्यौपाने, नवीन कार्की र वीरबहादुर राईले कन्ट्रक्सनले काममा ठिलासुस्ती गरेको भन्दै दबाब दिँदै आएका छन्।
मंगलबार मनमोहन गान्धी मार्गमा स्थानीयवासीले ढाँट लागाएर बाटो अवरोध गरेका छन्।
पथरी शनिश्चरे नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका हुँदै भारतको सीमा छुने ३० किलोमिटरको बाटो लामो समयदेखि अलपत्र हुँदै आएको छ।
निर्माण सुरु नभएसम्म बाटो अबरुद्ध गर्ने भन्दै स्थानीयवासीले बाटैमा धर्ना दिएका छन्। बन्द कर्ता र प्रहरीबीच छलफल भए पनि स्थानीय सरकारले बाटो खोल्न चासो दिएको छैन।












