Kathmandu Press

नक्कली नोटसहित एक जना पक्राउ

१ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित धादिङको गजुरी गाउँपालिका–४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं, मंसिर १३ : काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

१ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित धादिङको गजुरी गाउँपालिका–४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई नक्कली नोटसहित पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने जाएको छ।

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्