बार्सिलोना ३ वर्षपछि च्याम्पियन्स लिगको नकआउटमा
लगातार दुई सिजन समूह चरणबाटै बाहिरिएको बार्सिलोना घरेलु मैदानमा एफसी पोर्टोलाई २–१ ले हराउँदै नकआउटमा प्रवेश गरेकाे हो।काठमाडौं, मंसिर १३ : तीन वर्षपछि बार्सिलोनाले च्याम्पियिन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
लगातार दुई सिजन समूह चरणबाटै बाहिरिएको बार्सिलोना घरेलु मैदानमा एफसी पोर्टोलाई २–१ ले हराउँदै नकआउटमा प्रवेश गरेकाे हो।
बार्सिलोनाले पोर्टोमाथि पुनरागमन जित निमाल्यो। ३०औं मिनेटमा ब्राजिलियिन विंगर पेपेको गोलमा पोर्टोले अग्रता लियो। २ मिनेटपछि नै बार्सिलोनाले बराबरी गोल फर्कायो। उसका जोआ कान्सेलोले गोल गरेका थिए।
पहिलो हाफ १–१ को बराबरीमै सकियो। ५७औं मिनेटमा बार्सिलोना अग्रता लियो। यो पटक जोआ फेलिक्सले गोल गरे। त्यसपछि गोल नहुँदा बार्सिलोना विजयी भयो।
बार्सिलोना सन् २०२०/२१ को सिजनपछि पहिलो पटक नकआउट चरणमा स्थान बनाएको हो। समूह एचमा रहेको बार्सिलोना पाँच खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको पोर्टो र तेस्रो स्थानमा रहेको शाख्तर डोनेस्कको समान ९–९ अंक छ।