Kathmandu Press

सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार

सुरुङबाट बाहिर आएका मजदुरलाई तैनाथ एम्बुलेन्समार्फत चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। उनीहरुको उपचारका लागि त्यहाँ ४१ शैयाको छुट्टै वार्ड बनाइएको छ।
सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार

नयाँ दिल्ली, मंसिर १३ : भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षितरुपमा बाहिर निकिलिएको छ। उनीहरुलाई मंगलबार भारतीय समय अनुसार राति साढे ७ बजे बाहिर निकाल्ने प्रक्रिया सुरु भएको थियो।

१७ दिनसम्म सुरुङमा फसेका उनीहरुलाई बाहिर निकाल्न साढे २ घण्टाको समय लागेको थियो। सुरुङबाट निस्किएका सबै कामदारहरुलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले माला लगाएर स्वागत गरेका थिए।

Hardik ivf

त्यसपछि मुख्यमन्त्री धामीले लामो समय उनीहरुसँग कुराकानी गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।

सुरुङबाट बाहिर आएका मजदुरलाई तैनाथ एम्बुलेन्समार्फत चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। उनीहरुको उपचारका लागि त्यहाँ ४१ शैयाको छुट्टै वार्ड बनाइएको छ।
 
स्वास्थ्यकर्मीको टोलीले श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेको छ। सुरुङबाहिर पर्खिरहेका मजदुरका परिवारले सबै बाहिर निस्किएपछि त्यहाँ उपस्थित सैनिक र जनतालाई मिठाई बाँडिएको थियो।

१७ दिनसम्म चलेको उद्दार अभियानमा ड्रिल मेसिन धेरै पटक बिग्रिएका कारण उनीहरुको उद्दारमा ढिलाई भएको थियो।

प्रकाशित मिति: १०:२४ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्