Kathmandu Press

प्रहरी नायब निरीक्षक साउद घुससहित पक्राउ

लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुटबलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले साउदलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
प्रहरी नायब निरीक्षक साउद घुससहित पक्राउ

काठमाडौं, मंसिर १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको छ।

लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुटबलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले साउदलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

Hardik ivf

सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा साउदलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ। साउदलाई मैनापोखरस्थित इलाका प्रहरी कार्यालयको मुद्दा शाखाबाट घुस रकमसहित नियन्त्रणमा लिइएको थियो।

साउदका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्