Kathmandu Press

कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले मंगलबार क्षितिजलाई उक्त फैसला सुनाएको हो।
कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

काठमाडौं, मंसिर १२ : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिजलाई दश हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले मंगलबार क्षितिजलाई उक्त फैसला सुनाएको हो।

Hardik ivf

उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्ध, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रितिस्थितिमा खललसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। सोही कसुरमा जिल्ला अदालतबाट क्षितिज दोषी ठहर भएका हुन्।

क्षितिजविरुद्ध नेवारी र उपत्यकाका ठाउँको नामका विषयमा ‘स्ट्यान्डडअप’ कमेडीका नाममा नेवार समुदायको अपमान हुने गरी अभिव्यक्ति दिएको आरोपसहित ०७९ असोजमा पक्राउ परेका थिए।

उनलाई कैद सजाय नभए पनि यसअघिको थुनामा बसेको समयावधिका बिषयमा भने अदालतले फैसलामा केही बोलेको छैन।

 

प्रकाशित मिति: १७:४० बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्