Kathmandu Press

‘चित्रा’को पोस्टर सर्वाजनिक

फिल्म निर्माण युनिटले सामाजिक सञ्जालबाट तीन पोस्टार सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रलाई देखाइएको छ।
‘चित्रा’को पोस्टर सर्वाजनिक

काठमाडाैं, मंसिर १२ : धनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को पोस्टर सर्वाजनिक भएको छ।

फिल्म निर्माण युनिटले सामाजिक सञ्जालबाट तीन पोस्टार सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रलाई देखाइएको छ।

Hardik ivf

पुस २७ गतेबाट प्रदर्शनमा आउने फिल्ममा अर्पण थापा, सन्तोष अधिकारी, शुभेक्षा खड्का, मेनुका प्रधान, अन्जना बराईलीलगायतको मूख्य भूमिका छ।

आशिष थापामगर निर्माण र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा कथा अजयकुमार अधिकारीको छ। मनिष गौतमको लेखन रहेको फिल्मका गीतमा शब्द र संगीत राजनराज शिवाकोटीले गरेका छन्।

महेश पौडेलले खिचेको फिल्मलाई बनिश शाह र सन्देश शाहले सम्पादन गरेका छन्।

धनश्याम लामिछानेले धौली, पञ्जेबाजा र लन्डन टु पेसिज फिल्म निर्देशन गरेका गरेका छन्। धौली र पञ्जेबाजाबाट चर्चा बटुलेका घनश्यामको लन्डन टु पेरिस भने प्रदर्शनको पर्खाइमा छ।

 

 

प्रकाशित मिति: १५:१० बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्