खैरो हिरोइनसहित नागढुंगाबाट दुईजना पक्राउ
प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित झापाको बुधबारे गाउँपालिका–५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरेको हो।
काठमाडौं, मंसिर १२ : काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित चेकप्वान्टबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।
प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित झापाको बुधबारे गाउँपालिका–५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरेको हो।
भद्रपुरबाट काठमाडौं आइरहेको बसलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो।
इलामको माई नगरपालिका–३ चियाकमानबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ दुई ग्राम तीन सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुदिपकुमार दनुवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।