Kathmandu Press

नमोबुद्धद्वारा नागरिकका घरदैलोमै सेवा

घुम्ती सेवामा नगरले वडा कार्यालयमा नै योजना सम्झौता, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता गर्न थालिएको जनाइएको छ।
नमोबुद्धद्वारा नागरिकका घरदैलोमै सेवा

काभ्रे, मंसिर १२ : काभ्रेको नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत नागरिकको घरदैलोमै सेवा उपलब्ध गराउन थालेको छ।

घुम्ती सेवामा नगरले वडा कार्यालयमा नै योजना सम्झौता, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता गर्न थालिएको जनाइएको छ।

Hardik ivf

कार्यक्रमअन्तर्गत कृषि तथा पशुसम्बन्धी घरदैलामै सेवा प्रदान गरिरहेको कार्यालयका योजना अधिकृत विष्णुकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार नगर कार्यालयबाट भौगोलिकरूपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजस्व संकलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपांगतालगायतका लक्षित वर्ग सम्बन्धमा नगरबाट प्रदान गरिने सेवासहित सबै वडास्तर तथा घरदैलोमा सेवा प्रदान गरिएको हो।

403717567_665975318975250_5704396382621536528_n-1701151103.jpg

घुम्ती सेवा यही मङ्सिर मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरी नागरिकको घरदैलोमै सेवा पुर्याइएको नगरप्रमुख कुन्साङ लामाले बताए। उनले भने, ‘नगरका आम नागरिकलाई घरदैलोमै सेवा सुविधा दिने हाम्रो उद्देश्य रहँदै आएको छ।’
 
यस्तै आर्थिक वर्ष २०८०र८१ का लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट स्वीकृत वार्षिक विकास योजना (नीति, कार्यक्रम तथा बजेट) कार्यान्वयन गर्ने सन्दर्भमा वडास्तरमा नै योजना सम्झौता भइरहेको जनाइएको छ।

प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्