यूलेन्स एजुकेशन फाउण्डेशन उत्कृष्ट शैक्षिक प्रतिष्ठान घोषणा
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दशौँ सामाजिक सूरक्षा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उत्कृष्ट शैक्षिक संस्था घोषणा गर्दै सम्मान गरेका हुन्।
काठमाडौं, मंसिर ११ : सरकारले यूलेन्स एजुकेशन फाउण्डेशनलाई उत्कृष्ट शैक्षिक प्रतिष्ठान घोषणा गरेको छ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दशौँ सामाजिक सूरक्षा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उत्कृष्ट शैक्षिक संस्था घोषणा गर्दै सम्मान गरेका हुन्।
दशौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शैक्षिक क्षेत्र कोषमा सुचिकृत रोजगार दाता मध्ये यस आर्थिक वर्ष २०७९÷०८० मा जम्मा भएको योगदान रकमको आधारमा यूलेन्स एजुकेशन फाउण्डेशन उत्कृष्ट शैक्षिक प्रतिष्ठान घोषणा भएको हो।
कार्यक्रममा फाउण्डेशनको तर्फबाट प्रमूख प्राज्ञिक अधिकृत तथा प्रिन्सिपल मेदिन लामिछानेले प्रधानमन्त्री दाहालबाट प्रशंसापत्र ग्रहण गरेका थिए।
सरकारले उत्कृष्ट शैक्षिक संस्था घोषणा गरेपछि लामिछानेले नेपाल सरकार तथा सम्पूर्ण सहयोगी निकायहरुप्रति हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेको थिए।
नेपालमा गणस्तरीय शिक्षामा यूलेन्सले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।