Kathmandu Press

रुपान्तरणका मुद्दा अघि सार्दै नागरिक अभियान घोषणा

नेपाली राजनीतिलाई जनमुखी, लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा अग्रगामी बनाउन एक सशक्त हस्तक्षेप आवश्यक देखिएकाले अभियान घोषणा गरिएको उनीहरुले जनाएका छन्। 
रुपान्तरणका मुद्दा अघि सार्दै नागरिक अभियान घोषणा

काठमाडौं, मंसिर ११ : संघीय संरचनामा प्रमुख केही दलको आलापालोमा चलेको सरकार र संसदमा उनीहरुकै वर्चस्वसँग असन्तुष्ट केही राजनीतिक समूह तथा अभियानकर्मीले ‘नागरिक पहिलो’ अभियान घोषणा गरेका छन्। काठमाडौंमा सोमबार कार्यक्रम आयोजना गर्दै ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ नाराका साथ अभियानको घोषणा गरेका हुन्। 

नेपाली राजनीतिलाई जनमुखी, लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा अग्रगामी बनाउन एक सशक्त हस्तक्षेप आवश्यक देखिएकाले अभियान घोषणा गरिएको उनीहरुले जनाएका छन्। 

Hardik ivf

‘विद्यमान दुरावस्था, विग्रह, गतिरोध र यथास्थितिवादमा फसेको समाज, राष्ट्र र राजनीतिमाथि सुसंस्कृत, लोकतान्त्रिक र अग्रगामी हस्तक्षेप नगर्ने हो भने लोकतान्त्रिक प्रणाली, सामाजिक सामञ्जस्यता र अर्थतन्त्रको क्षमता समाप्त भई देशको अस्तित्व नै खतरामा पर्नसक्ने गहिरो अनुभूति हामीलाई भएको छ। यही निष्कर्षका साथ हामीले ‘नागरिक पहिलो’ ९पीपुल फस्र्ट० अभियान घोषणा गरेका छौं,’ जारी विज्ञप्तिमा भनिएको छ।

राजनीति, दल र नेतृत्वको समस्या, भ्रष्टाचार, प्रादेशिक स्वायत्ततता, आर्थिक समस्या, सार्वभौमसत्ता र आत्मसम्मानमा क्षयीकरण लगायत समस्या अभियानले औंल्याएको छ। पहिलो चरणमा नागरिक सरोकारका पाँच मुख्य मुद्दाहरुमा केन्द्रित भई अभियान संचालन गर्ने जानकारी दिइएको छ। जनसरोकारका मुद्दालाई बुँदागत रुपमा तयार पारेर संसद सचिवालयमा पठाउने अभियानले जनाएको छ। 

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्