Kathmandu Press

हरिबोधनी एकादशीबाट सुरु मेलाको अन्तिम दिन, बुढानीलकण्ठमा भक्तजनको घुइँचो

हरिबोधनी एकादशीबाट सुरु मेलाको अन्तिम दिन, बुढानीलकण्ठमा भक्तजनको घुइँचो

काठमाडाैं, मंसिर ११ : बुढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीबाट सुरु भएको मेलाको अन्तिम दिन सोमबार भक्तजनको घुइँचो लागेको छ।

काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा मंसिर ७ देखि आयोजना गरिएको विशेष हरिबोधनी एकादशी मेलाको अन्तिम दिन पूजाआजा र दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो।

Hardik ivf

मेला व्यवस्थापन गर्न बुढानीलकण्ठ नगरपालीकाका मेयर मिठाराम अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको थियो भने उपमेयर अनिता लामाको संयोजकत्वमा अनुगमन तथा अतिथि सत्कार उपसमितिसँगै १३ वटा विषयगत उपसमिति गठन गरिएको थियो।

परापूर्वकालदेखि नै निरन्तर रुपमा बुढानीलकण्ठ मन्दिरमा एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष पूजा, प्रार्थना र दर्शनका लागि देशभरबाट लाखौं भक्तजन आएको नगरपालीकाकी उपमेयर अनिता लामाले जानकारी दिनुभयो। उहाले गतबर्षदेखि नगरपालीकाले मेला आउने भक्तजनको सुविधाका लागि विशेष व्यबस्था गरेको बताए।

त्यस्तै हरिबोधनी एकादशी मेला व्यवस्थापन तथा सञ्चालन तयारी समितिका संयोजक एवं बुढानिलकण्ठ नगरपालीका वडा नंवर ३ का सदस्य बिकास तामाङले हरिबोधनी एकादशीको छुट्टै विशेषता रहेको धार्मिक मान्यतालाई आत्मसात गर्दै मेलाको आयोजना गरेको र देशभरबाट भक्तजन दर्शनका लागि आएको बताए।

मेला अवधिभर सुरक्षाका लागि बुढानीलकण्ठ प्रहरी प्रभाग, नगर प्रहरी, सामुदायिक प्रहरी, नगरस्काउट विद्यार्थी लगायत तोकिएका स्वयंसेवकहरुलाई परिचालन गरिएको उहाले बताए। सनातन धर्मअनुसार आषाढ शुक्ल एकादशीदेखि सुतेर भगवान विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट हरिबोधनी एकादशीको पवित्र दिनमा उठेको मानिन्छ।

प्रकाशित मिति: १५:२७ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्