Kathmandu Press

कांग्रेस लेखा समिति सदस्यमा चार जना मनोनित

कांग्रेस लेखा समिति सदस्यमा चार जना मनोनित
Hardik ivf

काठमाडौं, मंसिर ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समितिमा चारजना सदस्य मनोनयन गरेका छन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३९ तथा नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको कार्य गर्ने गरी सदस्यहरु मनोनयन गरेका हुन्।

मनोनित सदस्यहरुमा धनुषाका दिलीप ढुंगाना, अर्घाखाँचीका डा. डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई मनोनयन गरेका हुन् । लेखा समिति संयोजकमा केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे रहेका छन्।

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्