Kathmandu Press

बबरमहलमा पैदलयात्रु आफैले बटन थिचेर बाल्ने ट्राफिक बत्ती सञ्चालन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले बटन थिचेर सडक पार गर्नका लागि राखिएको ट्राफिक लाइट अत्याधुनिक भएको जानकारी दिए।
बबरमहलमा पैदलयात्रु आफैले बटन थिचेर बाल्ने ट्राफिक बत्ती सञ्चालन

काठमाडाैं, मंसिर ११ : काठमाडौंको बबरमहलमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा भएको छ। सडक पार गर्ने पैदलयात्रु आफैले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको शुभारम्भ गरिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले बटन थिचेर सडक पार गर्नका लागि राखिएको ट्राफिक लाइट अत्याधुनिक भएको जानकारी दिए। उनले पैदलयात्रीले सडक पार गर्नका लागि बटन थिचको केहिबेरपछि रातो बत्ती बलेर सवारी रोकिने र सडक पार गरेपछि आफै हरियो बत्ति बल्न बताए।

Hardik ivf

त्यस्तै काठमाडौं महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले पैदल यात्रुलाई बाटो काट्न सहज होस् भनेर विभिन्न निकायको सहकार्यमा पेलिकन क्रसिङ राखिएको जानकारी दिए। यसबाट सडक दुर्घटना कम हुने विश्वास महानगरको रहेको उनले बताए।

करिव १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि राखिएको हो। यस्तै उपत्यका विभिन्न स्थानमा पेलिकन क्रसिङ राख्ने तयारी भइरहेको महानगरले जनाएको छ। 

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्