बुवाको हत्या आरोपमा छोरा पक्राउ
आज (सोमबार) बिहान करिब साढे ६ बजे झापाको कमल गाउँपालिका–४ का ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको प्रहरीले जनाएको छ। उनलाई आफ्नै छोरा २३ वर्षीय आषिश तामाङले हत्या गरेको प्रहरीको भनाइ छ।
विराटनगर, मंसिर ११ : बुवाको हत्या गरेको आरोपमा प्रहरीले झापाका एक युवकलाई पक्राउ गरेको छ।
आज (सोमबार) बिहान करिब साढे ६ बजे झापाको कमल गाउँपालिका–४ का ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको प्रहरीले जनाएको छ। उनलाई आफ्नै छोरा २३ वर्षीय आषिश तामाङले हत्या गरेको प्रहरीको भनाइ छ।
उनले कराई र घरेलु हतियारले प्रहार गरी बुवाको हत्या गरेका थिए। भोलाकुमारको टाउको र शरीरका अन्य भागमा गहिरो चोट लागेको पाइएको प्रहरीले जनाएको छ। घटनापछि फरार भएका आशिषलाई प्रहरीले झापाकै कमल गाउँपालिका–४ मा पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ।
प्रकाशित मिति: ११:५५ बजे, सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












