Kathmandu Press

सैनिक अधिकृत सम्मानित

डिमा एकेडेमीमा प्रशिक्षण लिएर अधिकृत क्याडेट बन्न सफल १०७ जनालाई एकेडेमीले काठमाडौंमा सम्मान गरेको हो। 
सैनिक अधिकृत सम्मानित

काठमाडौं, मंसिर ११ : नेपाली सेनामा नवनियुक्त सिसं. ६४ बेसिकका अधिकृतहरू सम्मानित भएका छन्।

डिमा एकेडेमीमा प्रशिक्षण लिएर अधिकृत क्याडेट बन्न सफल १०७ जनालाई एकेडेमीले काठमाडौंमा सम्मान गरेको हो। 

Hardik ivf

सम्मान कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी खेमनारायण पौड्यालले नेपाली सेना अनुशासित र विश्वभर परिचित संस्था भएकाले हरेक सैनिकले नेपालको गौरव बढ्नेगरी काम गर्नुपर्ने बताए।

उक्त अवसरमा पौड्यालले भने, ‘अनुशासन र धैर्यबिना सैनिक जीवन चल्नै सक्दैन। दुःख, संघर्ष र परिश्रमलाई सहज रूपमा स्विकारियो भने सैनिक जीवन रमाइलो हुन्छ।’

यसै अवसरमा पूर्व कर्णेल ज्ञानहरि श्रेष्ठ तथा प्रदीप कार्कीले नवनियुक्त सैनिक क्याडेटले तालिक तथा तालिमपश्चातको सैनिक जीवनमा अपनाउनुपर्ने सावधानीका सन्दर्भमा प्रशिक्षण दिएका थिए। सांगीतिक प्रस्तुतिसहितको कार्यक्रम एकेडेमीका कार्यकारी निर्देशक अमिरराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

डिमा एकेडेमीले २००० सालदेखि सैनिक क्याडेट तालिक दिँदै आएको छ। यस एकेडेमीबाट प्रशिक्षण लिएका प्रशिक्षकहरूमध्ये हालसम्म २ हजारभन्दा बढी युवायुवती सैनिक क्याडेट बनेका अधिकारीले बताए। 
 

प्रकाशित मिति: ११:५२ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्